arrow

थ्री नेसन्स कपमा लाओसमाथि नेपालको सहज जित, अनन्त र नवयुगको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
football-nepal-laos2.jpg

काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसलाई सहजै हराउँदै नेपालले सुखद शुरुआत गरेको हो ।

नेपाल २–० गोल अन्तरले विजयी भयो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाएका थिए । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरे । उनको यो नेपालका लागि तेस्रो गोल हो ।

५६ औं मिनेटमा नवयुगले गोल गरे । कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिँदै नवयुगले उत्कृष्ट भलि गोल गरेका हुन् । नवयुगको टिमका आठौं गोल हो ।

अनन्त म्यान अफ दि म्याच चुनिए । तीन राष्ट्र सहभागी प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेसँगै नेपालले ३ अंक जोडेको छ । यो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । 

अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । चैत १४ गते नेपालले भुटानसँग  खेल्नेछ ।

एकल राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरे । समापन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ