arrow

एमालेले बागमती सरकार छाड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
CPN-UML-Flag.jpeg

काठमाडौं । सत्ता गठबन्धनमा  आएको उलटपटलसँगै बागमती प्रदेश सरकारमा सहभागी  नेकपा एमालेले सरकार छाड्ने भएको छ । माओवादी केन्द्रले सम्हालिरहेको सरकारलाई एमालेका ४ मन्त्रीले राजीनामा दिएर आज सरकार छाड्ने भएका हुन् ।  

प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिन लागेसँगै एमाले पनि सरकारबाट बाहिरिने तयारी गरेको हो । संघीय सरकारबाट एमाले बाहिर रहे पनि कोशी प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा एमालेले नेतृत्व गरिरहेको छ । 

केन्द्रमा सत्ता बाहिर रहेको एमाले प्रदेश सरकारमा पनि नरहने निर्णय गर्दै राजीनामा दिने तयारी भएको एमालेले जनाएको छ । 

बाग्मती प्रदेशमा अब एमाले प्रमुख प्रतिपक्षमा बस्न लागेको हो ।  ‘सरकारबाट बाहिरिने निर्णय हुँदैछ’, एमालेका तर्फबाट सरकारमा सहभागी भएका जगन्नाथ थपिलयाले भने । 

उनका अनुसार संसदीय दलको निर्णयबाट सरकार बाहिर रहने निर्णय गर्न लागिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ