arrow

आजदेखि प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, नेपाल र लाओस भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
dasharath-stadium-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता शुरू हुँदैछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । खेल साँझ ५ बजेबाट शुरू हुनेछ ।

 नेपाल र लाओस ७ वर्षपछि आमनेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए । आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा छ नयाँ खेलाडी थपिएका छन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपाली खेलाडीमा धेरै गुण भएकाले विजय हासिल गर्न कठिनाई नभएको बताए । आफूले छोटो समयमा खेलाडी छनोट गर्न गाह्रो भएको उनको भनाइ छ । एन्फाले गत साता मात्र इटालीका एनिसलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

उता टोलीका कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए । उनका अनुसार प्रशिक्षक पनि यसैसाता आएको र टिम पनि नयाँ नयाँ खेलाडी मिलाउनु परेकाले उनीहरुका साथ मैदानमा उत्रन पर्दा चुनौती महसुस गरेको चेम्जोङको भनाइ छ ।

नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा गरिएको छ । इटालियन प्रशिक्षक अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटदै २३ सदस्यीय टिम घोषणा गरेका हुन् । 

नेपाली राष्ट्रिय फुटबल टोली–

गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ ।
 
रक्षकः पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ ।
 
मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा 
 
स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी ।

तीन टोलीबीच भिडन्त 
एकल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा तेस्रो टिम भुटान हो । शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

त्यसअघि चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

उपाधि विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र हरेक खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

प्रतियोगितामा एन्फाले दुई फरक टिकट मूल्य राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ