-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नेपालगन्ज । बर्दियामा बाघले दुई जना महिलाको ज्यान लिएको छ ।
जिल्लाको मधुबन नगरपालिका वडा नं. ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमबार दिउँसो २ बजे महिलालाई बाघले मारेको हो ।
जिल्ला प्रहरी बर्दियाका अनुसार बाघबाट मारिनेमा मधुबन ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही स्थानकी ४५ वर्षीया समुन्द्री बुढाक्षेत्री हुन् ।
दुबै जना महिला सामुदायिक बनमा दाउरा खोज्न गएका बेला बाघले आक्रमण गरेर मारेको प्रहरीले जनाएको छ।