arrow

खाद्यान्न र मल निर्यातमा समयावधि थप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
ukraine-grain-cargo.jpg

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले युक्रेनका तोकिएका सामुद्रिक बन्दरगाहबाट खाद्यान्न, सम्बन्धित खाद्यान्न र मल निर्यात गर्न अनुमति दिने सम्झौताको समयावधि थप भएको पुष्टि गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले इस्तानबुलमा २२ जुलाई २०२२ मा हस्ताक्षर गरिएको ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ को समयावधि थप गरिएको शनिबार बताएका हुन् । 

रूस र युक्रेनले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग युक्रेन र रूसबाट अनाज र मल निर्यातमा अलग-अलग एक कागजातमा सन् २०२२ जुलाई २२ मा हस्ताक्षर गरेका थियो । यसको उद्देश्य रूस-युक्रेन सशस्त्र द्वन्द्वको बीचमा विश्व बजारमा आपूर्ति सुनिश्चित गनु रहेको बताइएको छ ।

सुरुमा १२० दिनका लागि लागू भएको यो सम्झौता सन् २०२२ को नोभेम्बरको मध्यमा थप १२० दिनका लागि बढाएर मार्च १८ सम्मका लागि बिस्तार गरिएको थियो ।

“ब्ल्याक सी ग्रेन इनिसियटिभलाई कूटनीतिक र परिचालन समर्थनका लागि हामी टर्की सरकारप्रति कृतज्ञता व्यक्त गर्दछौं,“ दुजारिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
 
सम्झौताको पहिलो दुई अवधिमा करिब दुई करोड ५० लाख मेट्रिक टन खाद्यान्न ४५ देशमा पठाएको थियो । 

यसले विश्वव्यापी खाद्य मूल्य घटाउन र बजारलाई स्थिर बनाउन मद्दत गरेको छ । रूस र संयुक्त राष्ट्रसङ्घले जुलाई २०२२ मा रूसी खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहज तुल्याउन समानान्तर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

दुजारिकले रूससँगको सम्झौतासँगै ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ विश्वव्यापी खाद्य सुरक्षाका लागि र यसमा पनि विशेषगरी विकासशील मुलुकहरूका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । 

उनले भने, “हामी दुवै सम्झौताप्रति दृढतापूर्वक प्रतिबद्ध छौं र हामी सबै पक्षलाई पूर्ण रूपमा कार्यान्वयन गर्न आफ्नो प्रयासलाई दोब्बर बनाउन आग्रह गर्दछौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ