arrow

वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
nepalremit-banijya-bank.jpg

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि र राष्ट्रिय वाणिज्य बैँक लिमिटेडबीच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । 

यस सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैँक लि। को तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।

विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि तथा देशभर २६५ वटा शाखा कार्यालय र ४६ वटा एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैँक लिमिटेडबीचको सम्झौता पश्चात नेपाल रेमिटमार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ च्यानलमार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यालयमार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् ।

यसका साथै राष्ट्रिय वाणिज्य बैँक लिमिटेडसँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रालिले अब देशभर १२ हजार भन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ ।

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिटान्स भित्राउनसमेत टेवा पुर्याउने जानकारी नेपाल रेमिट इन्टरनेशनल प्रालिका नायव महाप्रबन्धक देवबहादुर थापाले दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ