- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ । पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वोच्च अदालतले दरपिठ गरिदिएको हो ।
३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ । बाँकी महिला भए पनि रामसहाय उम्मेदवार भएपछि महिला चाहिने भन्दै आपत्ति भइरहेको हो ।