arrow

माइक पेन्सले भने- राष्ट्रपति ट्रम्प गलत हुनुहुन्थ्यो

logo
एएफपी,
प्रकाशित २०७९ फागुन २९ सोमबार
mike-pence-usa.jpg

वासिङ्टन । अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सन् २०२१ मा अमेरिकी संसद भवन (क्यापिटोल)मा भएको आक्रमणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाका लागि इतिहासले उनलाई जवाफदेही बनाउने बताएका छन् । 

पेन्सले सन् २०२० को चुनावको परिणाम उल्टाउने र सत्तामा टिकिरहने ट्रम्पको प्रयासलाई साथ दिन इन्कार गरेपछि विवादमा तानिएका यी पूर्व उम्मेदवारबीचको दरार लाई यो टिप्पणीले अझ फराकिलो बनाउने सम्भावना छ ।

“राष्ट्रपति ट्रम्प गलत हुनुहुन्थ्यो,” पेन्सले वासिङ्टनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने । 

उहाँले भने, “मलाई चुनाव उल्ट्याउने अधिकार थिएन । अनि तिनका लापरवाह शब्दहरूले मेरो परिवार र त्यस दिन क्यापिटलमा भएका सबैलाई खतरामा पार्‍यो । मलाई थाहा छ इतिहासले डोनाल्ड ट्रम्पलाई जवाफदेही बनाउनेछ,” पेन्सलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा भनिएको छ । 

सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा आक्रमण गर्ने हजारौंमध्ये केहीले पेन्सलाई फाँसीको माग गर्दै उनलाई सुरक्षित स्थान खोज्न बाध्य पारेका थिए ।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा नयाँ कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् र पेन्सले उनलाई रिपब्लिकन उम्मेदवारका लागि चुनौती दिन सक्ने सङ्केत गरेका छन् ।

संगीत मनोरञ्जनको साथ गरिएको उक्त कार्यक्रममा पेन्सले सुरुमा मजाक गर्दै भने, “मैले त सन् २०२४ को राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्ने ट्रम्पलाई हृदयदेखि नै समर्थन गर्नेछु ।”

तर आफ्नो भाषणको अन्त्यतिर पेन्सले भने, “एउटा यस्तो विषय छ, जसबारे आफूले ठट्टा गर्नु हुँदैन ।” उनले सन्दर्भ जोड्दै भने, “जनवरी ६ मा अमेरिकी संसद (क्यापिटोल) मा के भएको थियो भन्ने जान्न अमेरिकी जनताको अधिकार छ,” वासिङ्टन पोस्ट अखबारले उनको भनाइ उद्धृत गर्दै लेखेको छ ।

“तर यसमा कुनै गल्ती नगर्नुहोस्, त्यस दिन जे भयो त्यो अपमानजनक थियो, र यसलाई अन्य कुनै तरिकाले चित्रण गर्नु शालीनताको खिल्ली उडाउनु हो ।” 

पेन्सले ट्रम्पलाई लक्षित गरी गरेको तीक्ष्ण टिप्पणी समारोहमा अनपेक्षित थियो ।

अमेरिकी विदेश विभागकी पूर्व अधिकारी मरियम मुजिकाले ट्वीट गर्दै भने, “डिनरमा थिएँ र माइकको  भनाइले निश्चित रूपमा कोठामा रहेका सबैको ध्यान केन्द्रित गरेको कुरा म पुष्टि गर्न सक्छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ