arrow

बाह्र सय पाँच दिनपछि विराटले बनाए शतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
virat-kohli-test-century-happy.jpg

काठमाडौं । भारतीय पूर्व क्रिकेट कप्तान विराट कोहलीले १२ सय ५ दिनपछि पहिलो पटक शतक प्रहार गरेका छन् । अहमदाबादमा जारी अष्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेष्टमा विराटले शानदार शतक बनाएका हुन् । 

उनले १८६ रन जोडे । उनले २३ खेलका ४१ इनिङ्समा पहिलो शतक बनाएका हुन् । उनले सन् २०१९ को नोभेम्बर २३ मा बंगलादेशविरुद्ध २७ औं टेष्ट शतक बनाएका थिए । २८ औं शतकका लागि उनले १२०५ दिन लगाएका हुन् । 

त्यस्तै शुबमन गिलले १२८ रन बनाए । भारतले ५७१ रन बनाएको छ । अष्ट्रेलियाका लागि नाथन लियोँ र टड मर्फीले ३–३ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८० रन बनाएको थियो । उस्मान खवाजाले १८० रन बनाएको इनिङ्समा क्यामरन ग्रिनले ११४ रन जोडेका थिए । 

रविचन्द्रन आश्विनले ६ तथा मोहम्मद शमीले २ विकेट लिए । त्यस्तै रविन्द्र जडेजा र अक्षर पटेलले १–१ विकेट लिए । 

पहिलो इनिङ्समा ९१ रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङ्स शुरु गरिसकेको छ । चौथो दिनको समाप्तिसम्म अष्ट्रेलियाले कुनै विकेट नगुमाइ ३ रन जोडेको छ । अष्ट्रेलिया अझै ८८ रनले पछाडि छ । 

अहिलेको अवस्था हेर्दा भारतले कम्तीमा बराबरी गर्नेछ । तर विश्वकपको फाइनल खेल्न भारतले जित हासिल गर्दा सुनिश्चित हुने थियो । यो खेल बराबरीमा सकिँदा भारतले श्रृंखला २–१ ले जित्नेछ । 

तर न्यूजिल्याण्ड र श्रीलंकाबीचको दुई खेलको टेष्टले पनि भूमिका खेल्नेछ । न्यूजिल्याण्ड विजयी भए भारत फाइनलमा पुग्नेछ । 

यी दुई टिमको खेलमा पहिलो टेष्ट जितका लागि न्यूजिल्याण्डले २८५ रन पछ्याउँदैछ । 

क्राइष्टचर्चमा जारी खेलको अन्तिम दिन सोमबार न्यूजिल्याण्डले २५७ रन बनाउनु पर्नेछ । आइतबार चौथो दिनको समाप्तिसम्म न्यूजिल्याण्डले १ विकेट गुमाएर २८ रन जोडेको छ । 

यसअघि श्रीलंकाले ३५५ र ३०२ रन बनाएको थियो भने न्यूजिल्याण्डले पहिलो इनिङ्समा ३७३ रन बनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ