arrow

विरोधमा बन्दकर्ता, सडकमा सवारी !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
dolphin-banda.jpg

झापा । प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्दको प्रभाव सामान्य रहेको छ ।

प्रदेशका केही स्थानहरूमा बन्दकर्ताहरु बन्दलाई प्रभावकारी बनाउन सडकमा उत्रिएका छन् ।

बन्दकर्ताहरु सडकमा उत्रिएता पनि बन्दको प्रभाव भने प्रभावकारी भएको देखिँदैन ।

जिल्लाका बुधबारे बिर्तामोड र दमकमा केही बन्दकर्ताहरु सडकमा उत्रिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   

झापाको मेचीनगर, बुद्धशान्ती , चाराआली, बिर्तामोड, दमक लगायत क्षेत्रबाट करिब दुई दर्जन बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

जातीय पहिचान झल्किने गरी प्रदेश १ को नामकरण हुनुपर्ने माग गर्दै आएका जातीय समूहहरूले बन्द आह्वान गरेका हुन ।

बन्दका कारण प्रदेशका केही स्थानहरूमा भने आइतबार बिहान बन्दकर्ताहरु सडक उभिएर यातायातका साधन चलाउन दिएनन् ।

साथै उनीहरूले सडकमा अवरोध समेत गरेको प्रहरीले जनाएको छ ।

बन्दकर्ताले शनिवार साँझ कोशी प्रदेशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ