arrow

अनुदान उपलब्धिमूलक बनाउन समूहमा लगानी : मुख्यमन्त्री जम्कट्टेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
salikram-jamarkattel.png

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताएका छन् ।

शनिबार यहाँ नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी सङ्गठन महासङ्घ र प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको संयुक्त भेलाको उद्घाटन गर्दै उनले विगतमा गरिएको लगानीले जनजीवनमा प्रभाव नपारेको भन्दै यसपटक समूह वा वडालाई नै पकेट क्षेत्र बनाएर लगानी गर्ने बताए ।

प्रदेश सरकारले हरेक क्षेत्रमा उपलब्धिमूलक काम गर्नका लागि ठूला आयोजनामा लगानी गरी जनतालाई महसुस हुने गरी विकास गर्ने योजना रहेको उनको भनाइ छ । कर्मचारी सङ्गठनले विषय र योजना बनाउँदा करार र अस्थायी कर्मचारीको पनि हकहितको विषय समेट्न उनले आग्रह गरे । तल्लो दर्जाको कर्मचारीको हकहितको विषयमा गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

कर्मचारीका समस्या समाधानका लागि र कर्मचारीलाई सेवाग्रहीप्रति थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको विषयमा सुझाव दिनसमेत उनले कर्मचारीलाई नै आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ