ओस्करको तयारीमा रहेका रामचरणले गरे हलिउड छिर्ने सङ्केत
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
1.5k
Shares
काठमाडौं । दक्षिण भारतीय अभिनेता राम चरण यतिबेला ओस्करको तयारीमा छन्। आरआरआर स्टार राम चरण आजकाल अमेरिकामा हुने ओस्कर २०२३ को लागि कडा मेहनत गरिरहेका छन्।
सुपरस्टार रामचरणको फिल्म आरआरआर ओस्कारको दौडमा छ । अस्करको ९५ औँ संस्करण मार्च १२ मा हुँदै छ । यो साल भारतका लागि ओस्कर ऐतिहासिक मानिएको छ ।
यो संस्करणमा ‘आरआरआर’ ‘नाटु नाटु’गीतका लागि मौलिक गीतको विधामा मनोनयनमा परेको छ ।
राम चरण हलिउडमा काम शुरु हुन सक्ने बताएका छन् । आफ्नो पहिलो हलिउड प्रोजेक्ट छिट्टै घोषणा हुन सक्ने सङ्केत राम चरणले गरेका छन्।
एसएस राजामौलीको फिल्म आरआरआर दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्डमा फिल्म आफ द इयर घोषित भएको थियो ।