- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ राष्ट्रपतिका लागि रामचन्द्र पौडेललाई मत हाल्ने निर्णय गरेको छ । बिहीबार बसेको रास्वपाको बैठकले ढिला गरी नौ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलका पक्षमा भोट हाल्ने निर्णय गरेको हो ।
रास्वपा सांसद मनिष झाले भने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीले एउटा निर्णय गरेको भए पनि ह्वीप भने नलाग्ने बताए । राष्ट्रपतिका लागि पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा चलिरहेको छ ।
मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । नेकपा एमाले गत पुस १० गते सरकारमा गएपछि सँगसँगै सरकारमा गएको रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । तर सरकारबाट भने पहिले नै बाहिरिएको थियो ।
यसपालिको राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई भोट हाल्ने आशा एमालेले गरेको भए पनि रास्वपाले पौडेललाई नै भोट दिने निर्णय गरेको हो । यसले एमालेलाई थप मर्माहत बनाएको छ ।