arrow

आसिफ शेखको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
aasif-seikh-final.jpeg

काठमाडौं । २१ वर्षीय राष्ट्रिय टिमका क्रिकेट खेलाडी आसिफ शेखले एक दिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । 

आसिफले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक क्रिकेट अन्तर्गत पपुना न्यूगिनी विरुद्धको खेलमा आज शतक प्रहार गरेका हुन् । 

कीर्तिपुर मैदानमा भएको खेलमा दुई पटक क्याच मिस भएको खेलमा आशिफले शतक प्रहार गर्दै शतक बनाउने पाँचौं नेपाली खेलाडी बनेका छन् । उनले सो क्रममा एक दिवसीय क्रिकेटमा हजार रनको कोशेढुङ्गा पनि पूरा गरेका छन् ।

आसिफले १०१ बलमा सय रन बनाएका थिए । उनले सो क्रममा २ छक्कासँगै ११ चौकासमेत प्रहार गरे । उनको शतकसँगै नेपालले शानदार योगफल तयार गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ