arrow

बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
jail1.jpeg
तस्बिर – फाइल ।

बागलुङ । बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने  ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै रु ३० हजार क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताए ।

बागलुङको निसीखोलाका वृद्धले २०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो । 

प्रहरीले आरोपितविरुद्ध २०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

आरोपितलाई अदालतको २०७९ असार २३ गतेको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा पठाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ