arrow

मतदाता नामावली अद्यावधिक शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
election gandaki.jpg

पोखरा । गण्डकी प्रदेश निर्वाचन कार्यालय कास्की (प्रमुख नाम दर्ता अधिकारीको कार्यालय) ले सोमबारदेखि स्थानीय तहका वडा कार्यालयबाट मतदाता नामावली अद्यावधिक (दाबी, विरोधसमेत) शुरु गरेको छ । 

प्रदेश निर्वाचन अधिकारी तथा प्रमुख नाम दर्ता अधिकारी हुमनाथ पराजुलीका अनुसार निर्वाचन आयोग नेपालको वार्षिक कार्यक्रम अन्तर्गत फागुन २२ गतेदेखि चैत १ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो ।

पराजुलीका अनुसार मतदाता नामावलीको अद्यावधिकको काम फागुन १ गतेदेखि अनौपचारिक रुपमा भएतापनि मुख्य कार्यक्रम फागुन २२ गतेदेखि  शुरु भएको हो ।  

‘प्रत्येक वडामा मतदाता नामावली पठाएर त्रुटि भएमा सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन सकिने उनले बताए । 

मतदाता नामावली अद्यावधिकको क्रममा कसैले झुट्टा विवरण दिएर नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिन सकिन्छ ।

मतदाता नामावलीमा कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएकोमा एक स्थानमा कायम गर्न निवेदन दिन सकिने उनले जानकारी दिए । 

बसाई सरी अन्यत्र गएका, मृत्यु भएका तथा नागरिकता त्यागेका वा रद्द गरेका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट विवरण प्राप्त गर्न सकिनेछ । 

स्थानीय पञ्जिकाधिकारीले दिएको विवरणको आधारमा बसाई सरी अन्यत्र गएका तथा मृत्यु भएका मतदाताको जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारी हटाउने निर्णय गर्न सक्ने व्यवस्था रहेको उनले बताए । 

निर्वाचन आयोगले देशैभरी मतदाता नामावली अद्यावधिकको अभियान चलाएको छ । गत मंसिरमा भएको आम निर्वाचन यता प्रदेश निर्वाचन कार्यालय कास्कीका ५१६ जनाले नाम दर्ता गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ