arrow

विश्वकप लिग–२ क्रिकेटः यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
nepal-uae-2023-03-06.jpeg

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले अहिले घरेलु टोली यूएईसँग खेलिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । 

सन् २०१९ देखि जारी रहेको विश्वकप लिग–२ को श्रृंखलामा नेपालको यो विदेशमा हुने अन्तिम खेल हो । 

यो खेल सकिएपछि यसै सातादेखि नेपालले पपुवा न्यूगिनी र यूएईसँग घरेलु मैदानमा २–२ खेल खेल्नेछ । नेपाली भूमिमा हुने यो श्रृंखलासँगै विश्वकप लिग–२ पनि सकिने छ । 

यही श्रृंखलाबाटै विश्वकप छनोटमा पुग्ने शीर्ष तीन टिम र एक दिवसीयमा रहिरहने शीर्ष पाँच टिमको टुङ्गो लाग्नेछ । 

हरेक टिमले ३६ खेल खेलेपछि सात टोली सहभागी लिग–२ बाट यसको छिनोफानो हुन लागेको हो । 

विश्वकप लिग–२ मा सबै खेल खेलेर स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बनिसकेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । सबै खेल खेलेको चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 

३१ खेलबाट यूएईको ३१ अंक छ । ३१ खेलबाटै ३० अंकको नेपाल छैटौं स्थानमा छ । सातौं स्थानको पीएनजीको ९ अंक छ । 

अबको समीकरण
अब पुछारका तीन टिमको बाँकी रहेको खेलबाटै विश्वकप छनोट र एक दिवसीय वरीयता कायमको टुंगो लाग्नेछ । अर्थात् अहिलेसम्म तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेमा स्कटल्याण्ड र ओमानमात्र सुरक्षित छन् । 

नामिबिया पनि अझै ढुक्क हुन सकेको छैन । त्यस्तै शीर्ष पाँचमा रहेर एक दिवसीय वरीयता बचाउने अमेरिकाको सम्भावना पनि कमजोर देखिएको छ । अर्कातर्फ पुछारको पीएनजीले भने एक दिवसीय वरीयता बचाउन सकेन ।  

नेपालले आजसहितका सबै खेल जित्दामात्र विश्वकपमा सिधै छनोट हुने अवसर पाउने छ । यदि आजको खेलमा नेपाल यूएईसँग पराजित भयो भने सिधै विश्वकप छनोट खेल्न पाउने छैन । 

आजको खेलमा विजयी भए यूएईको विश्वकपमा छनोट हुने सम्भावना कायमै हुन्छ । 

त्यसपछि यसै सातादेखि अर्थात आगामी बिहीबारदेखि कीर्तिपुर मैदानमा नेपाल, पीएनजी र यूएई खेल्नेछन् । बिहीबारकै खेलमा नेपालले पीएनजीसँग खेल्नेछ । 

एक दिवसीय बचाइराख्न पनि नेपालले अबका पाँचमध्ये तीन खेल जित्नैपर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ