arrow

पीएनजीले यूएईलाई हराउँदा नेपाललाई फाइदा, सोमबार यूएईसँग भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
nepal-uae-senior-2023-03-02.jpg
तस्बिर – फाइल ।

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी नेपाल, यूएई र पपुवा न्यूगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत आजको खेलमा पपुवा न्यूगिनी (पीएनजी) विजयी भएको छ । 

शृङ्खलाको आफ्नो अन्तिम खेलमा पीएनजीले यूएईलाई ५ विकेटले पराजित गरेको हो । पीएनजीसित यूएई घरेलु मैदानमा लगातार दोस्रो खेलमा पराजित भएको हो । 

टस जितेर पीएनजीले फिल्डिङ राजेको थियो । निर्धारित ५० ओभरको खेलमा यूएईले २६ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ९७ रन बनायो । यस्तै ९८ रनको विजय लक्ष्य पीएनजीले २६ दशमलव पाँच ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।  

पीएनजीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५, सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले दुई विकेट लिए । 

यसअघि ब्याटिङ गर्ने क्रममा यूएईका भृत्य अरविन्दले २६, मुहमद वसिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए । 

नेपाललाई फाइदा
यूएईको यो हारले नेपाललाई फाइदा भएको छ । नेपालले अब आफ्नो सबै खेल जिते पुग्नेछ । नेपालले तीन खेल यूएईसँग र दुई खेल पीएनजीसँग खेल्न बाँकी छ । 

 नेपालले सबै खेल जिते विश्वकप छनोटमा पुग्नेछ । शीर्ष तीनमा रहे विश्वकप छनोट र शीर्ष पाँचसम्म रहे नेपालले एक दिवसीय वरीयता बचाउने छ । 

जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले सोमबार यूएईसँग खेल्नेछ । यो खेल जिते नेपालले यो त्रिकोणात्मक श्रृंखलाको उपाधि जित्नेछ भने अंक तालिकाको पाँचौं स्थानमा पुग्नेछ । 

अंक तालिका 
सात राष्ट्र सहभागी विश्वकप लिग–२ मा सबै खेल खेलेर स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बनिसकेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ  । चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 

३१ खेलबाट यूएईको ३१ अंक छ । ३१ खेलबाटै ३० अंकको नेपाल छैटौं स्थानमा छ । सातौं स्थानको पीएनजीको ९ अंक छ । 

भोलिको खेलपछि बाँकी रहेका चार खेलहरु नेपालले घरेलु मैदानमा यसै सातादेखि यूएई र पीएनजीसँगै खेल्नेछ । भोलिको खेल जित्दा नेपाललाई थप हौसला मिल्नेछ । भोलिको खेलसहित घरेलु मैदानका सबै खेल जित्ने हो भने नेपाल विश्वकप छनोट खेल्न पाउने छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ