arrow

नेपालको संघर्षपूर्ण जित, शेखले दिलाए दुई अंक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
nepal-win-worlducp-league2.jpeg

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्यूगिनीमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । नेपाल ३ विकेटले विजयी भयो । 

टस हारेर पहिले बलिङ गरेको नेपालले १८० रनको लक्ष्य पाएको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ७ विकेट गुमाएर ४८ ओभरमा जित हासिल गर्यो ।

ब्याटिङ नेपालले निकै कमजोर शुरुआत गर्यो । पहिलो बलमै कुशल भुर्तेल आउट भए । ७४ रन जोड्दा नेपालले ६ विकेट गुमाइसकेको थियो । आशिफ शेख बाहेक कोही खेलाडी टिकेका थिएनन् । कसैले दोहोरो स्कोर बनाएका थिएनन् । 

त्यसपछि आएका कुशल मल्लले थोरै राहत दिए । तर उनी पनि २३ रन बनाएर आउट भए । १०५ रन बनाउँदा नेपालले ७ विकेट गुमाइसकेको थियो । ओपनर शेख अविजित थिए । त्यसपछि आएका सन्दीप लामिछानेले शेखलाई साथ दिए । 

आठौं विकेटका लागि अविजित ७७ रनको साझेदारी भएसँगै नेपालले जित हासिल गर्यो । प्लेयर अफ द म्याच शेखले १३० बलमा अविजित रहँदै ८६ रन बनाए । धैर्यपूर्वक खेलेका उनले एउटा छक्का र दुई चौका मात्रै हानेका थिए । 

त्यस्तै सन्दीपले ५० बलाम अविजित रहँदै ३५ रन जोडे । 

खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पपुवा न्यूगिनीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर १७९ रन बनायो । टोनी उराले ३९, हिरी हिरीले ३१ र पिप्लिन डोरिगाले २६ रन बनाएका थिए । 

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट गिराएका थिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले पनि समान १–१ विकेट लिएका थिए ।

शेखले महत्वपूर्ण दुई अंक दिलाएसँगै नेपालले ३१ खेलमा ३० अंक बनाएको छ। ३० खेलमा ३१ अंक बनाएको यूएई पाँचौ स्थानमा छ। 

अब नेपालले पाँच खेल मात्र खेल्न बाँकी छ । विश्वकपमा पुग्नका लागि नेपालले बाँकी रहेका सबै खेल जित्नुपर्नेछ । त्यस्तै एक दिवसीयमा टिकिरहनका लागि कम्तीमा तीन खेल जित्नुपर्नेछ । 

नेपालले यो श्रृंखलामा अब यूएईसँग खेल्न बाँकी छ । 

त्यस्तै घरेलु मैदानमा र्यूएई र पपुवा न्यूगिनीसँग समान २–२ खेल खेल्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ