arrow

एक सय असी रनको चुनौती पछ्याएको नेपालको खराव शुरुआत, पहिलो बलमै विकेट गुमायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
nepal-png-2023-03-03.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले नेपाल र पपुवा न्यूगिन िभिडिरहेका छन् । जितका लागि नेपालले १८० रनको झिनो चुनौती पछ्याउँदैछ । 

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रनमा समेटियो । पीएनजीका टोनी उराले सर्वाधिक ३९ रन बनाए । 

नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २–२ तथा करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

जवाफमा मैदानमा उत्रिएको नेपालले खराव शुरुआत गरेको छ । नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको छ । विश्वकप छनोट र एक दिवसीय वरियता जिवितै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । 

सात टोली सहभागी प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ