- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल शुरु हुँदैछ । आजको उद्घाटन खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लब खेल्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट शुरु हुनेछ ।
लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले गर्नेछन् । अपरान्ह ४ः३० बजेदेखि शुरु हुने उक्त उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको सहभागिता रहनेछ ।
लिग डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने छ । च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पनि खेलहरु हुनेछन् ।
लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल तथा टिकटिङ अधिकारहरू एमडिसी एसी स्पोर्टस लिमिटेडसँग सम्झौता भइसकेको छ। खेलहरू स्पेस फोर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् ।
गत पुस १४ एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बसेको बैठकले लिग फागुन १९ गतेबाट शुरु गर्ने सहमति भए अनुसार आजबाट खेल हुन लागेका हुन् ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यसअघि नै गरे अनुसार क्लबले अनुदान पाइसकेका सेका छ ।