arrow

नेपालको जितको यात्रामा पूर्णविराम  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
nepal-senior-team-2023-03-02.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालको लगातार पाँच जितको यात्रामा पूर्णविराम लागेको छ । त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ६८ रनले पराजित भएसँगै नेपालको लगातार छ जित हासिल गर्ने सपनामा पूर्णविराम लागेको हो । 

त्यतिमात्र हैन दुबईमा बिहीबार भएको यो खेल हारेसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप क्वालिफायर्स खेल्ने सम्भावना पनि कमजोर बनेको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको र्यूएईले ८ विकेटको क्षतिमा २०७ रन बनायो । आशिफ खानले ७२ तथा रोहन मुस्तफाले अविजित ५२ रन बनाएको इनिङ्सलाई सस्तैमा रोक्ने क्रममा सन्दीप लामिछानेले ३ तथा करण केसी, आशिफ शेख र कुशल मल्लले समान १–१ विकेट लिए । 

जवाफमा नेपालले ३१.५ ओभरमा अलआउट हुँदै १३९ रनमात्र बनाउन सक्यो । कुशल मल्लले ६० रन बनाएका भए पनि कुनै पनि ब्याट्सम्यान टिक्न नसकेपछि नेपालले पराजय भोग्नु पर्यो । 

नेपालले यसअघि घरेलु मैदानमा गत साता भएको त्रिकोणात्मक श्रृंखलामा घरेलु मैदानमा सबै खेल जितेको थियो । नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई खेल जितेको थियो । 

त्यस्तै यूएईमा भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई पनि पराजित गरी नेपाल लगातार पाँच खेल जित्न सफल भएको थियो । 

अंक समीकरण
 
सात टोली सहभागी विश्वकप लिग–२ मा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ । आजको खेलमा यूएई विजयी भएसँगै ३० खेलबाट ३१ अंकसहित पाँचौं स्थानमा मजबुद बनेको छ । 

त्यसअघि सबै खेल खेलेको अमेरिकाको ३५, नामिबियाको ३९, ओमानको ४४ तथा स्कटल्याण्डको ५० अंक छ । 

शीर्ष तीनमा रहे नेपालले सीधै विश्वकप खेल्न पाउने छ । तर नेपालका अगाडि यूएई नै तगारो देखिएको छ । 

अब यूएईले नेपालसँग ३ तथा पपुवा न्यूगिनीसँग ३ खेल खेल्न बाँकी छ । 

त्यस्तै नेपालले पनि पपुवा न्यूगिनीसँग तीन खेल खेल्न बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ