arrow

इतिहास दोहोर्‍याउन नेपालले यूएईलाई १९१ रनभित्र रोक्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
nepal-uae-u19.jpg

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गतको अन्तिम खेलमा अहिले यूएईसँग खेलिरहेको छ । खेल जित्नका लागि नेपालले यूएईलाई १९१ रनभित्र रोक्न सके पुग्नेछ । 

यूएईले १९२ रनको चुनौती पाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनायो । कप्तान देव खनालले ८४ बलमा ५१ रन बनायो ।

विशाल विक्रम केसीले ३८ तथा उत्तर रंगु थापा मगरले ३६ रन बनाए । ध्रुव परासरले ३ तथा हरित हरिष शेट्टी र आयन अफ्जल खानले २–२ विकेट लिए । 

यो खेलको विजेता सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा खेल्न पाउने छ । विजेता यो प्रतियोगिताको च्याम्पियन हुनेछ र श्रीलंकाको टिकट पाउन सफल हुनेछ । 

अहिलेसम्म दुवै टिम अपराजित छन् । दुवैले शुरुआती चार जितेका छन् । छनोटको अन्तिम खेलमा नेपाल र यूएई अजमानस्थित इर्डेन गार्डेन ओभलमा खेलिरहेका हुन् ।

नेपाल सन् २०१६ पछि पहिलो पटक यू–१९ विश्वकप खेल्ने बाटोमा रहेको छ । यसअघि यूएईसँग नेपाल सन् २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । 

मलेसियाको किन्रारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ तारिखमा यूएईसँग डकवर्थ लेविसका आधारमा एक रनले पराजित हुँदै विश्वकपमा पुग्नबाट चुकेको थियो । 

यसपालि नेपाल यूएईलाई उसकै भूमिमा हराएर विश्वकपमा पुग्न चाहन्छ । देव खनालको कप्तानीमा रहेको नेपाली टिम यसपालि निकै नै विश्वासी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ