arrow

विश्वकप लिग–२ः नेपाल कीर्तिमान लब्याउन यूएईविरुद्ध मैदानमा, टस जितेर फिल्डिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
nepal-uae-senior-2023-03-02.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ । नेपालले लिग–२ मा लगातार पाँच खेल जितेर कीर्तिमान बनाएको छ । 

दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । यो खेल जितेमा नेपालले निरन्तर जितको कीर्तिमानलाई थप बढाउने छ । नेपालले यसअघि घरेलु मैदानमा गत साता भएको त्रिकोणात्मक श्रृंखलामा घरेलु मैदानमा सबै खेल जितेको थियो । नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई खेल जितेको थियो । 

त्यस्तै यूएईमा भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई पनि पराजित गरी नेपाल लगातार पाँच खेल जित्न सफल भएको हो । 

आजको खेल जिते नेपालले लगातार छ जित बनाउने छ । त्यतिमात्र हैन यो खेल नेपाललाई शीर्ष तीनभित्र परेर विश्वकपमा छनोट हुन पनि जित्नैपर्ने दबाब रहेको छ । 

नेपाल र यूएईबीच एक दिवसीयमा ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । 
 
सात टोली सहभागी विश्वकप लिग–२ मा नेपाल २९ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ । आजको खेलमा यूएईलाई हराए ३० अंकसहित पाँैचौं स्थानमा पुग्नेछ । यूएईको २९ खेलबाट २९ अंक छ । 

त्यसअघि सबै खेल खेलेको अमेरिकाको ३५, नामिबियाको ३९, ओमानको ४४ तथा स्कटल्याण्डको ५० अंक छ । 

शीर्ष तीनमा रहे नेपालले सीधै विश्वकप खेल्न पाउने छ । तर नेपालका अगाडि यूएई नै तगारो देखिएको छ । 

यदि नेपालले ३६ मध्ये खेल्न बाँकी सबै खेल जित्ने हो भने भने विश्वकपमा छानिने छ । अब यूएईले नेपालसँग ४ तथा पपुवा न्यूगिनीसँग ३ खेल खेल्न बाँकी छ । 

त्यस्तै नेपालले पनि पपुवा न्यूगिनीसँग तीन खेल खेल्न बाँकी छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ