arrow

कोशीमा आज सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी राखेको खुशीयालिमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई बिहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकारले हिजो निर्णय गरेको हो  ।

नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव पारित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ