arrow

त्रिसठ्ठी महिनामा प्रदेश १ ले पायो नाम, ‘कोशी’ पारित

logo
विवेक मिश्र,
प्रकाशित २०७९ फागुन १७ बुधबार
pradesh-1-sabha.jpg

मोरङ । त्रिसठ्ठी महिनामा बल्ल प्रदेश नम्बर १ ले नाम पाएको छ । नाम कोशी राखिएको छ। बुधकार प्रदेश सभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोशी पारित गरेको हो ।

प्रदेश सभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका छन् । बुधकार राति भएको मतदानमा कोशी प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो । विपक्षमा ४ मत खसेको छ । मतदानमा ८६ जना सांसद सहभागी थिए ।

प्रदेशको नाम कोशी राख्नका लागि नेकपा एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव पेस गरेका थिए । उक्त नाममा एमाले सांसदद्वय विदुर लिंथेप र निरन राईले समर्थन गरेका थिए ।

कोशी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सांसदले मतदान गरेका थिए ।

यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश स्वतः अस्वीकृत भएको थियो । कोशी प्रदेश बुहमतले पारित भएसँगै सभामुखले अन्य प्रस्ताव खारेज भएको घोषणा गरेका थिए ।

मतदानमा ढिला गरी आइपुगेकाले जसपाकी सांसद निर्मला लिम्बू र राप्रपाकी सांसद सविना बजगाई मतदानमा सहभागी हुन पाएनन् । प्रदेश सभामा अन्य ४ जना सांसद अनुपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ