arrow

प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री – पूर्णबहादुर खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् । 

गृहनगर सुर्खेत आएका उपसभापति खड्काले सो सहमति अनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको उपसभापति खडकाले जानकारी दिए ।

माओवादीका अध्यक्ष प्रचण्डले अढाइ वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने जनाइरहेको बेला उपसभापति खड्काले उक्त कुरा बताएका हुन् । 

उनले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले प्रचण्ड सरकारमा पनि सामेल नहुने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ