arrow

कांग्रेस–एमालेबीच सहकार्यः प्रदेश १ को नाम ‘कोशी’ प्रस्ताव

logo
विवेक मिश्र,
प्रकाशित २०७९ फागुन १७ बुधबार
pradesh11.jpg

विराटनगर । प्रदेश नम्बर १ को नाम कोशी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । 

जसअनुसार एमालेका प्रदेश सभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । 

‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ सँग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामाकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्,’ प्रस्तावमा भनिएको छ।

प्रदेश सचिवालयले तोकेको समय सीमाभित्र एक मात्रै नाम प्रस्ताव भएको छ । 

नेकपा एमालेले प्रदेश १ को नामकरणका लागि कोशी नाम प्रस्ताव गरेको छ। 

बुधबार एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम कोशी राख्न प्रस्ताव पेस गरेको हो ।

एमाले सांसद रामबहादुर मगर प्रस्तावक र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक बसेर कोशी प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका छन् ।

नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई आज दिउँसोसम्म समय दिएको छ। 

नेकपा एकीकृत समाजवादी र जसपा बहुपहिचानका पक्षमा उभिने भएका छन् । उनीहरूले ‘किराँत’, ‘लिम्बुवान’, ‘सगरमाथा’ नाम दर्ता गराएका छन् ।

प्रस्तावकमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र प्रस्तावकमा जसपाकी निर्मला लिम्बू र समाजवादीकै कमल जबेगु छन् ।
नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सासद प्रदेश सभा छन् । 

नेपाली कांग्रेस पनि प्रदेशको नाम कोशी राख्न सहमत भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ