arrow

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
cricket-ballhitting-wickets.jpg.jpeg
तस्बिर – सांकेतिक ।

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया कप छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हासिल गरेको छ । सो क्रममा चौथो खेलमा आज नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमै कुनै विकेट नगुमाइ पूरा गर्यो । 

मलेक क्रिकेट ग्राउन्डमा २ मा भएको खेलमा नेपालका लागि दीपक बोहराले २९ बलमा ३८ तथा अर्जुन कुमालले २५ बलमा २१ रन जोडे । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५।३ ओभरमा ७२ रनमा अल आउट भयो । 

दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए । यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए । 

मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । 

यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले तथा तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

६ राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयोजक यूएईसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टिम विश्वकपको अर्को चरणमा पुग्नेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ