arrow

राष्ट्रपति निर्वाचन

उम्मेदवारी दर्ता गराए सुवास नेम्वाङले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
subash-nemwang-president-candidate.jpg

काठमाडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपति पदका लागि पार्टी उपाध्यक्ष  सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव टोपबहादुर रायमाझी, सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ सांसदरुहरु जुली महत्तो, महेश वर्तोला लगायतका साथ लिएर उम्मेदवारी दर्ता गराएका हुन् । 

नेम्बाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्  भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।

उम्मेदवारी दर्तापछि ओलीले स्वार्थ र दाउपेचको उम्मेदवार नभएको बताएका छन् । पुस १० गते नै बनेको सहमति अनुसार एमालेले उम्मेदवारी दर्ता गराएको उनले बताएका छन् ।

 ‘कुनै पनि चिजको एक सर्कल नै पूरा नगरी सहमति यता उता हुने कुरा छैन, सहमति उल्लंघन गर्ने कुरा हुँदैन, आफूले बोलेका प्रतिबद्धताहरु पूरा गर्नुपर्ने हुन्छ, त्यसकारण पनि एमालेले उम्मेदवारी दिएको छ’, अध्यक्ष ओलीले भने । 

आठ दलीय गठबन्धन पनि छैन त्यसको जानकारी आफूहरुलाई नभएको पनि ओलीले बताए । ‘केही दलका साथीहरुलाई बालुवाटारमा बोलाइएको रहेछ, उहाँहरु हाम्रोे सम्पर्कमै हुनुहुन्छ केही साथीहरुको साथ रहेकै छ । पुस १० मा जे सहमति भएको छ त्यही बाहेक हामीलाई थाहा छैन’, ओलीले भने । 

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेपछि सुवास नेम्वाङले आफूलाई अत्यन्तै खुशी लागेको बताए । ‘उम्मेदवारी दर्ता गरेर मलाई खुशी लागेको छ, पार्टीले मलाई अघि सारेको छ, सबैको तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिएको छु, संविधानले दिएको जिम्मेवारी पूरा गर्नेछु । जनता र राष्ट्रलाई सर्वोपरी राख्नेछु’, संसद भवन बाहिर सञ्चारकर्मीसँग नेम्वाङले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ