arrow

पूर्वराष्ट्रपति यादव चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
dr-rambaran-yadav-2079.jpg

काठमाडौं ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले जनकपुरधामको पर्यावरण, शिक्षा र स्वास्थ्य अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनकपुरधाममा आजदेखि सुरु भएको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’को उद्घाटन गर्दै उनले यसप्रति ध्यान दिन सरोकारवाला सबैमा आग्रह गरे ।

पूर्वराष्ट्रपति यादवले जनकपुरधामका शैक्षिक संस्थाहरुको गुणस्तर विगतमा अन्यत्रभन्दा राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरे । 'अवस्थामा सुधार ल्याउन सबै  मिलेर अगाडि बढ्नुपर्छ', उनले भने–'यहाँको संस्कृति र सभ्यता निर्माणमा सबैको महत्वपूर्ण योगदानको आवश्यकता छ ।'

पूर्वराष्ट्रपति यादवले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रकै लागि समर्पित गरेको उल्लेख गरे । उनले भने, 'युवा पुस्ता लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ ।' पूर्वराष्ट्रपति यादवले लोकतन्त्र आठ दशकको उपलब्धि रहेकाले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ