arrow

करणीको आरोप लागेपछि वडाध्यक्ष फरार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
crime-final-everytime-use.jpg

दार्चुला । जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलाका एक जना वडा अध्यक्ष फरार भएका छन् ।

 जबरजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिह धामी फरार भएका हुन् ।

 फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राति घरमा गएर जबरजस्ती गरेको भन्दै गत शुक्रबार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका  हुन् । 

 

फरार धामीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ