arrow

सत्र वर्षे दुई किशोरीलाई बलात्कार गरेको आरोपमा ३४ वर्षे र ५९ वर्षे पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
crime-final-everytime-use.jpg

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका ९ घर भई काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका १५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो । 

यस्तै  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको ठोरी गाउँपालिका १ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ ।

क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ