arrow

२०२४ मा राष्ट्रपति भए केही घण्टामै युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको भनाइ

ट्रम्पले भने- राष्ट्रपति भएको केही घण्टामै युक्रेन युद्ध अन्त्य गर्न सक्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
Donald-trump-final.jpg

काठमाडौं। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनी राष्ट्रपतिलाई सोझै अपील गर्दै सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा विजयी भए केही घण्टामै युक्रेन द्वन्द्व अन्त्य गर्ने दाबी गरेका छन्।

सोमबार फ्लोरिडाको एक र्‍यालीमा बोल्दै ट्रम्पलाई शत्रुताको अन्त्य गर्न के गर्ने भनेर प्रश्न सोधिएको थियो। जवाफमा ट्रम्पले युद्ध अन्त्य गर्न कार्यलय सम्हाल्नु अघि नै काम थाल्ने बताएका हुन्।

'शाब्दिक रूपमै म फोन गर्न थाल्नेछु, मैले पदभार ग्रहण गरेको दिनबाट होइन कि जितेकै रातबाट म दुवै जनासँग कुरा गर्ने छु... रूसी राष्ट्रपति भ्लादिमिरे पुटिन... र युक्रेनी राष्ट्रपति भ्लादिमिरे जेलेन्स्की र म भन्नेछु कि हामी भेट्न जाँदैछौं। म ग्यारेन्टी दिन्छु कि म यो काम गर्न सक्छु।' 

'म एउटा र अर्काेलाई यो भन्नेछु कि...हामी २४ घण्टामा सम्झौता गर्नेछौं,' ट्रम्पले भने।

ट्रम्पले युक्रेनमा 'पैसा खन्याइरहनु'ले शान्तिपूर्ण समाधानमा ढिलाइ गर्ने र 'धेरै मानिसको ज्यान लिने' बताएका छन्।

हालैका महिनाहरूमा ट्रम्पले बारम्बार अमेरिकालाई युक्रेनमा शान्ति सम्झौताको वार्तामा नेतृत्व गर्न आह्वान गर्दै आएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले द्वन्द्वलाई नेतृत्व गरिरहेको अवस्थालाई लिएर उनी रुस्ट बनेका छन्। 

जनवरीको अन्त्यमा ट्रम्पले उनको उत्तराधिकारी अर्थात् बाइडेनले कमजोरी र अक्षमता मार्फत तेस्रो विश्वयुद्धको छेउमा ल्याएको भनेका थिए।

उनले युक्रेनमा एम १ अब्राम ट्याङ्कहरू पठाउने अमेरिकी निर्णयको पनि निन्दा गर्दै यस कदमले आणविक युद्ध निम्त्याउन सक्ने बताएका छन्।

ट्रम्पको टिप्पणीहरू बाइडेनले सोमबार व्यक्तिगत रूपमा जेलेन्स्कीसँग भेट्न गरेको कीभको आकस्मिक भ्रमणपछि आएको हो। बाइडेनले भने कीभ पुगेर तोपखाना, गोलाबारुद र हतियार दिन ५० करोड अमेरिकी डलरको घोषणा गरेका छन्।

रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न पश्चिमलाई बारम्बार चेतावनी दिँदै यसले द्वन्द्वलाई लम्ब्याउने तर्क गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ