arrow

नेपालको सनसनीपूर्ण जित, च्याम्पियन स्कटल्याण्ड पराजित, दिपेन्द्र र कुशलको अलराउन्ड प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
dipendra-sompal-cricket-nepal.jpg

काठमाडौं । रोहित पौडेल नेतृत्वको नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी वल्डकप लिग–२ मा सनसनीपूर्ण प्रदर्शन गरेको छ । काठमाडौंमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । 

पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा लिग–२ च्याम्पियन स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्यो । 

आज त्रिविवि मैदान कीर्तिपुरमा भएको खेलमा २७५ रनको विशाल लक्ष्य नेपालले ३ ओभर खेल्न बाँकी छँदै ७ विकेटको क्षतिमा पूरा गरेको हो । दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको अलराउन्ड प्रदर्शनले नेपालले शानदार जित निकालेको हो ।

प्लेयर अफ द म्याच दिपेन्द्रले ११६ बलमा अविजित रहँदै ८५ रन जोडे भने कुशल मल्लले ६७ बलमा ८१ रन बनाए । त्यस्तै सोमपाल कामीले ३२ बलमा अविजित रहँदै २४ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । माइकल लिस्कले ८५ बलमा अविजित रहँदै १०७ रन बनाएका थिए । 

नेपालका लागि बलात्कार आरोपी सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । उनी नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवापछि गत भदौ २३ गतेपछि पहिलो पटक यो श्रृंखला खेलिरहेका हुन् । उनको नाबालिग बलात्कारको मुद्दा कायमै छ । 

त्यस्तै कुशलले २ तथा दीपेन्द्र, कुशल भुर्तेल र सोमपालले १–१ विकेट लिए । यो जितसँगै नेपालले २६ खेलमा २२ अंक जोडेको छ । नेपाल सात टिम सहभागी लिग–२ को छैटौं स्थानमा छ । 

पुछारको पपुवान्यूगिनीको ५ अंक छ । यसअघि नै च्याम्पियन भइसकेको स्कटल्याण्डको ४८ अंक छ । 

ओमानको ४४, नामिबियाको ३७, अमेरिकाको ३५ तथा युएईको २७ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ