arrow

चैनपुरमा बस दुर्घटना हुँदा तीनको मृत्यु‚ २३ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
accident-final-1618290232.jpg

नुवाकोट । नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका ३ का बाबुराम नेपाली र विदुर नगरपालिका ६ का रामप्रसाद अर्याल छन् । मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ