arrow

क्वात्राको नेपाल यात्राः प्रचण्डसँग दुई–दुई पटक वार्ता, १४ नेतासँग छुट्टाछुट्टै छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
prachanda-qatra.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव विनय मोहन क्वात्रा स्वदेश फर्केका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरेका हुन्  । 

पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ वालुवाटारमा अनौपचारिक भेटघाट गरी स्वदेश फर्केका हुन् । नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेपछि अन्तिममा पुनः प्रचण्डसँग भेटघाट गरेको स्रोतले बतायो । 

बालुवाटारमा मंगलवार साँझ भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन । सो भेटलाई बालुवाटारले गोप्य राखेको छ । राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दलबीच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबीच घोचपेच भइरहेका बेला विदेश सचिव क्वात्राले संघीय संसदका ठूलादेखि साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविश्यका बारेमा उनले चासो ब्यक्त गरेका थिए । सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो ब्यक्त गरेका विदेश सचिव क्वात्राले अन्तिममा प्रधानमन्त्री प्रचण्डसँग अनौपचारिक भेटघाट गरेर स्वदेश फर्केका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ