१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ (फोटोफिचर)
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
3.2k
Shares
काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ मंगलबारदेखि शुरु भएको छ। कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।
उनले साना तथा घरेलु उद्योगका लागि सहजरुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेलामा करिब दुई लाखले अवलोकन गर्ने र रु आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।