arrow

'जनताले अनुभूति गर्ने गरी काम हुन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
bikram-pandey.jpg

काठमाडौं । शहरी विकासमन्त्री विक्रम पाण्डेले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार भरतपुरको एक कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

“विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ, पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ”, उनले भने । मन्त्री पाण्डेले आफूलाई चाहना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताए ।

उनले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाए ।

“मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ”, उनले भने, “मलाई देशको माया र जनताको आशीर्वाद छ ।” उनले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताए ।

राप्रपा उपाध्यक्षसमेत रहेका मन्त्री पाण्डेले पार्टीका एजेन्डाहरू दायाँबायाँ नहुने भन्दै थप अभियानका साथ जनतामाझ जाने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ