arrow

अमेरिकाले पोल्याण्डलाई १० अर्ब डलरको हिमार्स रकेट लञ्चर प्रणाली बेच्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
himars.jpg

काठमाडौं। अमेरिकी विदेश मन्त्रालयले पोल्याण्डलाई हाइ मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स) एम१४२ लन्चर र सम्बन्धित उपकरणहरूको करिब १० अर्ब डलरको बिक्री अनुमोदन गरेको छ।

डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले मंगलबार अमेरिकी संसदलाई आवश्यक सूचना प्रदान गरेको छ। अमेरिकी संसदले अझै यो बिक्री अनुमोदन गर्न बाँकी छ।

हिमार्स लन्चरहरूले लक्ष्यविरुद्ध लामो दूरीको सटिक स्ट्राइक गर्दछ र मास्कोको आक्रमण विरुद्ध युक्रेनको संघर्षमा यो महत्त्वपूर्ण मानिएको छ। 

यी रकेटहरूले युक्रेनलाई रुस विरुद्धको युद्धमा आफ्नो रक्षात्मक र आक्रामक क्षमतामा सक्षम बनाएको छ।

डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले पोल्याण्डले एम१४२ हिमार्स लन्चर र एम५७ आर्मी ट्याक्टिकल मिसाइल प्रणाली एवं अन्य रकेट प्रक्षेपण प्रणालीसहितका उपकरणहरू खरिदको प्रस्ताव गरेको बताएको छ।

अमेरिकाले यो प्रस्तावित बिक्रीले युरोपमा राजनीतिक स्थायित्व र आर्थिक प्रगतिको लागि बल भएको नेटो सहयोगीको सुरक्षामा सुधार गरेर संयुक्त राज्य अमेरिकाको विदेश नीति लक्ष्यहरू र राष्ट्रिय सुरक्षा उद्देश्यहरूलाई समर्थन गर्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ