arrow

मोटरसाइकल चालक साहको कुकुर बचाउन खोज्दा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
accident-final-1618290232.jpg

धनुषा । धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका ४४ वर्षीय विजयकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सोमबार मध्यराति कुकुरलाई बचाउने क्रममा  ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा साह गम्भीर घाइते भएका थिए । तर उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । 

घाइते भएपछि उनलाई उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारको क्रममा मंगलबार बिहान पौने ४ बजे उनको मृत्यु भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ