arrow

बामदेवलाई ओलीको ‘प्यार’ : पार्टी फुटाए पनि उहाँ अध्यक्ष बन्न सक्नु भएन, कति दुख्या होला ?

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
oli-news-TIA.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख फर्काइहाल्ने बानीको आलोचना भएपनि उनी प्रस्तुति खल्लो भने पार्दैनन् । पछिल्लो समय उनले आफुदेखि असन्तु भएका उपाध्यक्ष बामदेव गौतमलाई फकाउने अनेकन् प्रयत्न गरिरहेका छन् । 
 
केही साता अघि उपचारका लागि थाइल्याण्ड जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा ओलीले बामदेवलाई निकै खोजे । उनले भन पनि ‘बामदेव कमरेड खै, देख्दिन ।’ बामदेवलाई बायाँ साइडमा नराखि उनले पत्रकार सम्मेलन सुरु गरेनन् । ओलीले त्यो पत्रकार सम्मेलन गर्नु अघि बामदेवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र थमाईसकेका थिए । त्यसैले त बामदेव ओलीलाई छोड्न विमान सम्मै पुगेका थिए ।  
 
यस्तै, विहिबार पनि ओलीले बामदेवलाई फकाउन भाषणको समय उनकै लागि खर्चे । कम्युनिष्ट आन्दोलनकी योद्धा साहना प्रधानको स्मृति दिवसमा विहीबार बल्खुमा आयोजित कार्यक्रममा ओलीले प्रधानलाई कम सम्झिए । बढी समय  उपाध्यक्ष बामदेवकै चर्चामा वित्यो । 
 
ओलीले भने, ‘बामदेव कामरेडको कमजोरी मात्रै खोजेर खेद्न हुँदैन । उहाँका राम्रा पक्षको पनि चर्चा र प्रशंसा आवश्यक छ ।’ यद्यपि, ओलीले बामदेवको गुणगान नै भने गाएका होइनन् । व्यंग्य र कटाक्षपनि उत्तिकै गरे ।  
 
कार्यक्रमको सुरुमै बोलेका बामदेवले आफ्नाबारे नराम्रा कुरामात्रै खोतलेर पार्टी भित्र बद्नाम गर्न खोजिएको दुःखेसो गरेका थिए । गौतमले भनेका थिए, ‘मैले पार्टी फुटाएको मात्रै देख्ने ? पार्टी बचाएको चाहिँ नदेख्ने ? ।’ एमालेको छविका लागि मैले के कति काम गरे । त्यो देखिनु पर्दछ ।
 
तत्काल मुख फर्काइहाल्ने ओलीले फेरि पनि उपाध्यक्ष गौतमले बोलेका कुरा बोलि हाले । बोल्दा बोल्दै खोलीले साहना कमै सम्झिन भ्याए । नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै सक्रिय प्रधानले २०४६ सालमा संयुक्त बाममोर्चाको नेतृत्व गरेकी थिइन् । निडर र साहसी प्रधानको दुई वर्ष अघि असोज ६ गते निधन भएको थियो ।
 
२०५४ सालमा एमाले विभाजन हुँदा उनि नेकपा मालेतिर लागेकी थिइन् । साहना र बामदेव दुवै पुनःगठित नेकपा मालेमा लागे । सोही कारण पनि बामदेव पार्टी फुटाएको भन्दै आलोचित बन्दै आए । 
 
मालेमा गौतम र प्रधानसँगै रहेको प्रसङ्ग कोट्याउँदै ओलीले कार्यक्रममा व्यङ्ग्य गर्दै भने, ‘साहना प्रधानबारे मलाई त्यति थाहा छैन । उहाँहरूलाई थाहा छ । साहनाजी ठीक भएकाले त वरिष्ठ उपाध्यक्ष पनि यहाँ आउनु भएको छ ।’ ओलीले कटाक्ष गर्न समेत भ्याए । उनले भने, ‘पार्टी फुटाए पनि उहाँ अध्यक्ष बन्न सक्नु भएन । उहाँलाई कति दुख्या होला ।’
 
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पनि सहभागि रहे । उनीहरुले भने साहना प्रधानकै चर्चा बढी गरेका थिए । पार्टीको आन्तरिक राजनीतिबारे त्यति कुरा गरेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ