arrow

लोक गायकको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
Prachanda-new-FNL.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको दुःखद् निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । 

प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ । दर्जनौं लोक दोहोरी गीत गाएर चर्चित बन्नुभएका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो ।

विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका पौडेलको रक्तअल्पताको कारण निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ