arrow

राष्ट्रपतिमा दाबी राख्दै ओली पुगे बालुवाटार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
oli-prachanda-bhetghat.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।  बिहीबार  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।

दुवैबीच अब हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ ।  राष्ट्रपति निर्वाचनमा एमालेले राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धन भित्र सहमतिमा बनाउने कोसिस गरिरहेको छ । सत्ता साझेदार दलबीच राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । निर्वाचनको  मिति भने तय भइसकेको छैन । भेटमा दुई नेताले  समसामयिक विषयमा पनि छलफल गरेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो दाबी राख्दै आएको छ । कांग्रेसले निर्वाचनको मत तय गर्न दबाब दिँदै आएको छ ।  

सरकारमा सहभागी सबैभन्दा ठुलो दलको अध्यक्ष बनेपछि ओलीको बालुवाटार भेटघाट बाक्लिँदो छ । मंगलबार बिहान मात्र बालुवाटार पुगेका ओली आज पुनः प्रचण्डलाई भेट्न पुगेका हुन् । उनी सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय संयन्त्रको संयोजक पनि हुन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ