arrow

बागमतीमा राप्रपाको अडानपछि भागबण्डा मिल्यो

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ माघ ११ बुधबार
salikram-gamakattel-bagmati.jpg

हेटौंडा। बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको थियो । मुख्यमन्त्री सालिकराम  जमरकट्टेलले सत्ता साझेदार दलहरूसँगको छलफलपछि बुधवार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन् । 

रातभरको छलफल पछि पनि ३ दलको नमिलेको भागबण्डा बल्ल-बल्ल बुधवार बिहान मिलेको छ । यसअघि नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने भनिए पनि राप्रपाले असहमति जनाइरहे पछि भागबण्डा मिल्न सकेको थिएन ।

अन्ततः राप्रपाले मागेको थप १ मन्त्री दिने सहमती भएपछि कुरो मिलेको छ । अब नेकपा माओवादीले मुख्यमन्त्रीसहित र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालयमा चित्त बुझाएको छ । त्यस्तै राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।

एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रूपमा पठाउने भएको छ । तर मन्त्रालय टुंगो नलागिसकेको मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । त्यस्तै माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएको छ । उता राप्रपाले भने कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लगाइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ