arrow

मन्त्रिपरिषद्मा रहेका मन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रचण्डको तयारी

'सरकारमा बसेर सङ्घीयताविरुद्ध बोल्ने अधिकार कसैलाई छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
prachanda-upper-house.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्नेलाई स्पष्टीकरण सोधिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्रिपरिषद्मा नै रहेका एक मन्त्रीले सङ्घीय प्रणाली र लोकतान्त्रिक गणतन्त्रको विपक्षमा बोलेको भन्ने एक सांसदको जिज्ञासामा जवाफ दिँदै  प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध अभिव्यक्ति दिनेलाई  स्पष्टीकरण सोधिने प्रधानमन्त्रीले बताए । उनले  सरकारमा गणतन्त्रकाविरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताए।  उनले बाहिर राजनीतिक  दल, सांसदलाई आफ्नो धारणा राख्ने अधिकार भए पनि मन्त्रिपरिषद्मै बसेर त्यस विरुद्ध बोल्ने अधिकार नभएको स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, “यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ । सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने र प्रचार गर्ने अधिकार नैतिक र कानुनी रूपले पनि हुन सक्दैन । यो स्पष्टीकरणको विषय हुन जान्छ ।”

सङ्घीयता कार्यान्वयनमा देखिएको कमजोरी हटाएर अघि अगाडि बढ्न सरकार स्पष्ट एवम् तयार रहेको उनको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक विशेषतासहितको संविधानको मूलभूत विषयभित्र पर्ने उल्लेख गर्दै उनले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट यो परिवर्तन प्राप्त भएको स्मरण गरे ।

 हालको सरकारमा राजावादीदेखि गणतन्त्रवादी सम्मका मन्त्री रहेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ