arrow

सहसचिवहरूको सरुवामा प्रधानमन्त्रीको परामर्श लिनुपर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
prachanda-cabinet-full-2079.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहसचिवहरूको सरुवामा प्रधानमन्त्रीको परामर्श लिनुपर्ने निर्णय गराएका छन् । एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकबाट सो निर्णय गराएको स्रोतले जनाएको छ । 

मन्त्रीहरू आफ्नो मन्त्रालय अन्तर्गतमा कर्मचारी सरुवामा मनोमानी गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सो निर्णय गराएका हुन् । विभिन्न मन्त्रालयहरू अर्थ मन्त्रालयका राजस्व, विभाग र सामान्य प्रशासनसँग जोडिएका मन्त्रालय, विभाग र निकायहरूको प्रशासनिक नेतृत्वमा अस्वाभाविक हस्तक्षेप बढाएको भन्दै प्रधानमन्त्रीले मन्त्रीहरूलाई अङ्कुश लगाउन सो निर्णय गराएका हुन् । 

राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व अनुसन्धान विभाग, भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, सम्पत्ति शुद्धीकरण र शक्तिशाली मानिने गृहसहितका मन्त्रालयमा कर्मचारीलाई छानिछानी सरुवा गर्ने क्रम बढेकाले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका एक सचिवले भने । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ मा शक्तिशाली विभागहरूलाई अर्थ मन्त्रालयबाट अलग गरेर प्रधानमन्त्री कार्यालय मातहत राखे पनि सहसचिवको सरुवा गर्ने अधिकार भने मन्त्रीलाई नै दिएका थिए । तर अहिले प्रधानमन्त्री प्रचण्डले आफू निकट रहेका कर्मचारीहरूको बचाउ गर्न पनि प्रधानमन्त्रीको सल्लाहमा सहसचिवको सरुवा गर्ने निर्णय गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ