arrow

बालुवाटारमा ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
oli-prachanda-bhetghat.jpg

काठमाडौं । सरकारमा सहभागी सबैभन्दा ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।  

बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन् । ओलीले राष्ट्रपति निर्वाचन, प्रदेश सरकारलाई पूर्णता लगायतका विषयमा छलफल गरेका छन् ।
 
अब हुने राष्ट्रपति निर्वाचनमा एमालेले राष्ट्रपतिको उम्मेदवार सहमतिमा बनाउने कोसिस गरिरहेको छ । सत्ता साझेदार दलबीच राष्ट्रपति एमालेलाई दिने सहमति रहेको छ ।

 प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नो दाबी राख्दै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ