arrow

हरिबोल बने प्रचण्डको मुख्य सल्लाहकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
haribol-gajurel.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुख्य सल्लाहकारमा हरिबोलप्रसाद गजुरेल नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को यही माघ ४ गतेको बैठकले मन्त्रिस्तरको मर्यादा र सुविधा पाउनेगरी गजुरेललाई मुख्य सल्लाहकार पदमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहनुभएका गजुरेल यसअघि प्रतिनिधिसभा सदस्य थिए । 

माओवादीभित्र पुराना र वैचारिक नेताको परिचय बनाएका नेता गजुरेलले यसअघि कृषिमन्त्रीको समेत भूमिका निर्वाह गरिसकेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ