arrow

म्याग्दीमा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
jeep accident.jpg

म्याग्दी । म्याग्दीमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मंगला गाउँपालिका वडा नं. १ की ६१ वर्षकी फौमाया गर्वुजा रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी गर्वुजालाई उपचारका लागि बेनी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइते हुनेमा विपना भण्डारी, रेजिना परियार, टेकबहादुर गर्बुजा, सन्तु केसी लगायत छन् ।

सदरमुकाम बेनीबाट मंगला गाउँपालिका वडा नं. १ कुहुँतर्फ गइरहेको ग१ज ६९३८ नं को जीप काफ्लचौरको उकालोमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन ढकालका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकी टायरमा ओट राख्न खोज्दा जीप पछाडि गुडेर सडकमुनि खसेको थियो । जिप चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ